जनकपुर धामवाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न हुँदै

 ग्लोबल टिभि      शुक्रबार, चैत्र ४, २०७८      0

चैत्र ४
जनकपुर धामवाट सुरु भएको १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न हुँदैछ ।

आज साँझ जनकपुरधामको अन्तगृह परिक्रमा गर्दै विधिवत रुपमा सम्पन्न हुने मिथिला बिहारी मठले जनाएको छ । फागुन शुक्ल प्रतिपदादेखि सुरू भई फागुन पूर्णिमासम्म गरिने यो परिक्रमामा भक्तजनहरुले नेपाल भारतका विभिन्न १५ स्थानको १५ दिनसम्म पैदल हिंड्ने गर्छन् ।

यो परिक्रमा गर्नाले मनले चिताएको प्राप्त हुने जनविश्वास छ । परिक्रममा नेपाल भारतका विभिन्न मठ मन्दिरमा डोलासहित भक्तजनहरुको सहभागिता रहने गरेको छ । परिक्रमामा सहभागीहरुले १५ दिनका लागि चाहिने खाद्यान्नलगायतका सामग्री आफै लिएर हिंड्ने गर्छन । हरेक वर्ष हुने परिक्रमामा नेपालतर्फ १ सय ५ र भारतमा २८ किलोमिटर गरी १ सय ३३ किलोमिटर दूरी पूरा गर्ने गर्दछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *