धनुषामा प्रहरी र व्यापारीबीच झडप

 ग्लोबल टिभि      आइतवार, चैत्र १३, २०७८      0

चैत १३- धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ।

तीनकौरीया चोकको एक किराना पसलमा भएको आगजनीको विरोधमा स्थानीयले सडक अवरुद्ध गरेपछि झडप भएको हो।

शनिबार राति साढे ११ बजे स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गरेको सन्ता पान पैलेसमा आगजनी भएको थियो। आगोबाट पसल रहेको घर, किराना सामान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको मण्डलले बताएका छन्।

५० मिटर नजिकै तीनकौरीया प्रहरी चौकी रहेपनि राति गस्ती नगर्दा अज्ञात समूहले आगजनी गरेको स्थानीय व्यवसायीको आरोप छ।

घटना विरुद्धमा बिहानैदेखि स्थानीय बासिन्दाले तीनकौरीया चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन्। सोही क्रममा सडक खुलाउने विषयमा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको छ। ८ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। विहानैदेखि त्यहाँको अवस्था तनावग्रस्त रहेको बताइएको छ।

अहिले त्यहाँ उद्योग वाणिज्य संघ जनकपुरका पदाधिकारीको टोली पुगेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *