संसदीय चुनावसम्म गठबन्धन हुन्छ : कांग्रेसको प्रतिवेदन (पूर्णपाठ)

 ग्लोबल टिभि      बिहिबार, असार १६, २०७९      0

काठमाडौं– नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले प्रतिगामी तथा अधिनायकवादी प्रवृत्ति र संस्कृतिलाई परास्त गर्न आगामी संसदीय निर्वाचनमा पार्टीले जित्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।

सत्तारूढ दल नेपाली कांग्रेसले गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतले पार्टीलाई पहिलो दलका रूपमा स्थापित गरेको जनाएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह केन्द्रीय परिचालन समितिले तयार पारेको प्रतिवेदनमा कांग्रेसले ३८ लाख ८३ हजार ८३१ मत पाएको भन्दै यो सर्वाधिक मत भएको उल्लेख छ ।

कांग्रेसले गाउँपालिकाका अध्यक्ष र नगरका प्रमुख गरी ७५२ मध्ये ३२९ स्थानीय तह जितेको प्रतिवेदनमा जनाइएको छ । “यो भनेको ४४ प्रतिशत हो,“ प्रतिवेदनमा लेखिएको छ ।

गठबन्धनमा रहेर उमेदवारी दिइएको भन्दै ५२ प्रतिशत प्रमुख र ५६ प्रतिशत उपप्रमुखमा जित हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन पढ्नोस्–

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *