आईजीपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाइ

 ग्लोबल टिभि      शुक्रबार, असार ३१, २०७९      0

असार ३१-नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा शुक्रवार अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा छ ।

शुक्रवार रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल तर्फका कानुन व्यवसायीले जवाफ दिँदै छन् । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा पाँचौँ पटक सुनुवाइ हुन लागेको हो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आईजीपी धिरज प्रताप सिंह तर्फका कानुन व्यवसायी र सरकारी वकिलको बहस सकिएको छ । आईजीपी विवादसँगै लगाउमा राखिएको एआईजी बढुवा विरुद्धको रिटको सुनुवाइ सकिएको छ । निवेदक तर्फका कानुन व्यवसायीले जवाफ दिएपछि शुक्रवार नै फैसला आउने आकलन गरिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *