साना उद्योगको लागि परियोजना धितो अवधारणामा जानुपर्छः अर्थमन्त्री

 ग्लोबल टिभि      मङ्लबार, अशोज ४, २०७९      0

असोज ४– अर्थमन्त्री जनार्दन शर्माले साना तथा मझौला र स्टार्टअपको रुपमा संचालन हुने परियोजनाको लागि जग्गा धितोमा मात्रै कर्जा पाइने परिपाटीमा पुनरावलोकन आवश्यक भएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाले मोटरबाटोले छोएको जग्गा धितो राखेर मात्रै कर्जा दिने तर साना मझौला तथा स्टार्टअपले यस्तो धितो दिन नसक्ने भएकोले अहिलेको बैंकिङ अभ्यास नै परिवर्तन आवश्यक भएको उनको भनाई छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । साना किसान तथा ग्रामीण अर्थतन्त्रलाई प्राथमिकता दिएर उत्पादन बृद्धि र रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने भएपनि अहिलेको बैंकिङ परिपाटीले यस्तो क्षेत्रसम्म कर्जा पुग्न समस्या हुने विश्लेषण अर्थमन्त्री शर्माको छ ।

‘साना किसान र ग्रामीण अर्थतन्त्रलाई प्राथमिकता दिएर, त्यहाँको स्रोत साधनको अधिकतम उपयोग गरेर उत्पादन बृद्धि र रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र बनाउन सकिन्छ तर, साना तथा मझौला उद्यम व्यवसाय र स्टार्टअपले चाहिने कर्जा लिनको लागि जग्गा धितो दिनुपर्छ, उनीहरुसँग जग्गा हुँदैन, अहिले त कृषि गर्न लिएको कृषि कर्जाले पनि जग्गा किन्नुपर्ने वाध्यात्मक अवस्था छ, यसमा परिवर्तन आवश्यक छ,’ अर्थमन्त्री शर्माले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *