धुँवा फाल्ने गाडीलाई एकलाख जरिवाना हुने

 ग्लोबल टिभि      शुक्रबार, पुस १, २०७९      0

अभिषेक- सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वायु प्रदुषण नियन्त्रणको उदेश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न लागेको हो । तर आजबाट शुरु भएको अभियानको विरोध समेत शुरु भएको छ । जरिवाना रकमको विषयलाई लिएर विरोध भएपछि वातावरण विभाग भने केही लचिलो देखिएको छ ।

सरकारले शुक्रबारदेखि प्रदुषण जाँचपासमा फेल हुने सवारी साधनलाई एक लाख रुपैयासम्म जरिवाना गर्ने भएको छ । वातावरण विभागका महानिर्देशक नमराज घिमिरेले शनिबारबाट छड्के जाँच गरी कारबाही गर्न लागेको जानकारी दिए । छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइएमा एक लाख रुपैयाँसम्म जरिवाना गरिने उनले बताए । वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने र सवारी मर्मत गरी प्रदूषण जाँचपास गराएर मात्र सञ्चालनमा ल्याउन पाइने व्यवस्था गरिएको छ । प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् । घिमिरेका अनुसार ५ हजार देखि १ लाखसम्म जरिवाना गरिने र सवारी साधनको अवस्था हेरी र अटेर गरेर सवारी फेल भएका सवारी साधनलाई कारबाही प्रक्रिया अघि बढ्ने समेत उनले बताए । शुरुमा एकलाख जरिवाना गर्ने चेतावनी दिएको विभाग अहिले भने ५ हजार रुपैयाँबाट जरिवाना शुरु हुने बताएको छ ।

काठमाडौंमा सवारी प्रदूषण कार्यालय थप दुईवटा स्थापना गर्ने लक्ष्य ०७६ मै लिइए पनि कार्यान्वयन हुन भने सकेको छैन । मन्त्रिपरिषद्बाट स्वीकृत भएको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना ०७६ ले एक वर्षभित्र कम्तीमा पाँचवटा सवारी प्रदूषण मापन केन्द्र स्थापना गरी सञ्चालन गर्ने लक्ष्य लिए पनि कार्यान्वयन भने भएको छैन । विभागले कारबाहीको चेतावनी दिएसँगै सरकारी, सार्वजनिक र निजी सवारीसाधनधनी सवारी जाँचपासका लागि यातायात कार्यालय धाउन थालेका छन् । तर सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका महासचिव भरत नेपालले भने चर्को शुल्क तोकेको आरोप लगाएका छन् ।

हाल नेपाल सवारी प्रदूषण मापदण्ड, २०६९ अनुसार युरो–३ मापदण्डका इन्जिन भएका सवारीसाधन सञ्चालनमा छन् । तर, इन्धन (डिजल) भने युरो–६ मापदण्डको छ  । काठमाडौंको वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डभन्दा १० गुणा बढी छ  । त्यसैलाई नियन्त्रण गर्न वातावरण विभागले प्रदुषण फैलाउने सवारी साधनलाई कारबाही गर्ने तयारी गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *