श्रमिकको हितमा ध्यान दिन आग्रह: रोजगार तथा सामाजिक सुरक्षामन्त्री

 ग्लोबल टिभि      मङ्लबार, पुस ५, २०७९      0

पुस ५ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने खालका काममा बढी ध्यान दिन श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।

श्रम सहचारी र काउन्सिलरको अभिमुखीकरण समापन कार्यक्रममा आइतबार मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशलाई पनि हित हुने काममा ध्यान दिन निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायित्व के हो रु भन्ने विषयमा जानकारी लिएर काम गर्न अनुरोध गरेका छन् ।

अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगारीसम्बन्धी कानुनलगायतबारे विज्ञले प्रशिक्षण दिएका थिए । मन्त्रालयले मलेसियाको क्वालालम्पुरका लागि भोलानाथ गुरागाईं, दक्षिण कोरियाको सियोलका लागि चन्द्रकला चौलागाईं ओली र कतारको दोहाका लागि टीकामणि न्यौपानेलाई कान्सिलरमा नियुक्त गरेको छ ।

त्यसैगरी श्रम सहचारीमा ताम्रराज काफ्ले आउदी अरेबियाको जेद्दा, दिलीप खड्का मलेसियाको क्वालालम्पुर, गोविन्दप्रसाद आचार्य ओमान मस्कट र आविद अन्सारी संयुक्त अरब इमिरेट्स (यूएई) अबुधाबीका लागि नियुक्त भएका छन् ।

उहाँहरूलाई काउन्सिलर (श्रम) तथा सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिम मूल्याङ्कनबाट मन्त्रीस्तरीय निर्णयले सिफारिस गरिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *