मछिन्द्र फुटबल क्लबद्वारा च्यासल युथ क्लबलाई २-० ले पराजित

 ग्लोबल टिभि      शनिबार, माघ २९, २०७८      0

माघ २९
विमल घर्ती मगरको उत्कृष्ट प्रदर्शनमा लिग लिडर मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।

यस जितले मछिन्द्रले दोस्रो स्थानको मनाङ मर्स्याङ्दीमाथि ७ अंकको अग्रता बनाएको छ । हारपछि पुछारमा रहेको च्यासललाई भने रेलिगेसनको दबाव बढेको छ ।

दशरथ रंगशालामा भएको खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरे । खेलको १७ औं मिनेटमा रञ्जित धिमालको कर्नरमा विमलले ब्याक हेडरमार्फत पहिलो गोल गरेका थिए । उनकै सहयोगमा ३५ औं मिनेटमा सुनिल बलले दोस्रो गोल गरे ।

जारी लिगमा अपराजित रहेको मछिन्द्रले १० खेलबाट २६ अंक जोड्दै उपाधि रक्षा अभियानलाई अझ बलियो बनाएको छ ।

दोस्रो स्थानको मनाङको १९ अंक छ र मनाङले शनिबार नै थ्रीस्टारसंग खेल्दैछ । उक्त खेलमा मनाङ पराजित भएमा मछिन्द्रको उपाधि यात्रा अझ सहज बन्नेछ ।

च्यासल भने १० खेलबाट ५ अंकसहित पुछारमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *