श्रीलंकाका राष्ट्रपति भागे, संकटकालको घोषणा(भिडियोसहित)

 ग्लोबल टिभि      बुधबार, असार २९, २०७९      0

विनोद असार २९– श्रीलंकाका राष्ट्रपतिले देश छाडेर भागेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको विमान चढेर भागेका हुन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति नै भागेपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ ।

श्रीलंकाका राष्ट्रपतिले देश छाडेर भागेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे सेनाको विमानमा चढेर बुधबार बिहान देश छाडेर भागेका हुन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गोटाबायले देश छाडेको केही समयमा नै श्रीलंकामा संकटकालको घोषणा गरिएको छ ।

गोटाबायाले आफुसँगै पत्नी र एक जना गार्ड समेत सँगै लगेका छन् । राजपाक्षेले देशछाडेसंगै श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको छ । शनिबार उनको निवासमा विद्रोहीको भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात बुधबार राजीनामा दिने वाचा गरेका थिए । उनीसँगै उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले समेत देश छाड्न खोजेको भएपनि उनी भने विमानस्थलमै रोकिएको बताइएको छ । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन् । यसअघि श्रीलंकाका नागरिकले चरम आर्थिक संकट व्यहोर्नु परेको थियो । तेलका लागि लाइनमा बस्न परेको, प्रश्नपत्र तयार पार्न कागज नभएर हजारौँ विधार्थीको भविष्य अन्योलमा परेको जस्ता समाचार बाहिरिएका थिए ।

आर्थिक संकट चुलिदै गएपछि शुरु भएको आन्दोलनकै क्रममा सांसदलाई सडकमा पु¥याएर कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएका थिए । भने प्रदर्शनकारीहरु राष्ट्रपति भवन प्रवेश गरेर आगजनी समेत गरेका थिए । श्रीलंकामा राजनीतिक अस्थिरता र अराजकताका बीच प्रधानमन्त्रीले संकटकाल घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताले संकटकाल लगाइएको बारे जानकारी दिएका हुन् । संकटकाल घोषणासँगै पश्चिमी प्रान्तमा पनि कफ्र्यू लगाइएको छ । राष्ट्रपति गोटाबाया देश छाडेसंगै प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि सर्वदलीय सरकारको वकालत गर्दै आफू राजीनामा दिन तयार रहेको बताएका छन् । यी सबका बीच राजधानी कोलम्बोमा प्रदर्शनकारीहरूको प्रदर्शन भने रोकिएको छैन । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नुपरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *