कांग्रेस नेताहरुको आग्रहः तीजलाई भड्किलो नबनाउनुहोस्,

 ग्लोबल टिभि      शुक्रबार, भदौ १०, २०७९      0

भदौ १० –नेपाली कांग्रेसका नेताहरुले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन आग्रह गरेका छन् । काठमाडौंमा नेपाली कांग्रेस क्षेत्र नं. ९ (क) प्रदेशद्वारा आयोजित तीज शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा काँग्रेस नेताहरुले उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रञ्जितले संस्कृतिको संरक्षण र निरन्तरता दिनुपर्ने तर यसलाई भड्किलो बनाउन नहुने बताए । उनले तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमले तीज पर्व भड्किलो हुँदै गएकाले यस्तो नगर्न आग्रह गरे ।

यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बास्तोलाले भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गरि मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकताको जगेर्ना गर्ने गरी मनाउन पर्ने बताए ।

युवा नेता तथा प्रदेश ९क० का सभापति मोहन बस्नेतले तीज भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउनुपर्ने बताए । उनले कुनै पनि पर्वलाई आफ्नो गछेअनुसार बनाउनुपर्ने र समाजलाई नै भड्किलो हुने गरि नमनाउन आग्रह गरे ।

तीजलाई गरगहनाको प्रदर्शनको रुपमा मनाउँदा समाजमा सामाजिक सदभाव भड्काउने हुँदा यसप्रति सजग र सचेत हुन आवश्यक रहेको बताए । कार्यक्रममा क्षेत्रीय अध्यक्ष जयकृष्ण महर्जन, कामपा १४ का अध्यक्ष सुमन श्रेष्ठ लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *