भोकमरीको चपेटामा अफगानिस्तान, विभिन्न कारण २ करोड २८ लाख मानिस प्रभावित

 ग्लोबल टिभि      शनिबार, कार्तिक २६, २०७९      0

कात्तिक २६ –अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरी’को संकट देखिएको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ ।

एफएओले हालै सार्जजनिक गरेको प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका जनाइएको हो । सन् २०२२ मा थप खाद्य असुरक्षा बढेको उसको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन्। प्रतिवेदनले सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दालाई पनि उजागर गरेको छ।

यसैबीच विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले पनि अफगानिस्तानको आर्थिक संटबारे चिन्ता व्यक्त गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *