अमेरिकामा ३८ वर्षपछि विश्वकै सबैभन्दा ठूलो ज्वालामुखी विष्फोट

 ग्लोबल टिभि      मङ्लबार, मंसिर १३, २०७९      0

मंसिर १३ –विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी अमेरिकाको हवाई द्वीपमा मौउना लोआ हो । सन् १९८४ देखि अहिलेसम्म यो शान्त थियो तर यो २८ नोभेम्बर २०२२ मा फुटेको छ । अब त्यहाँबाट लाभा निस्किरहेको छ । चारैतिर रातो र तातो लावाको नदी फैलिएको छ ।

यूएस जियोलोजिकल सर्भिसका अनुसार हाल लाभा मौउना लोआ पहाडको माथिल्लो हिस्सामा मात्रै छ । यो बगेर बाहिर आएको छैन । चारैतिर आगो र धुँवाको मुस्लो फैलिरहेको छ । तर यसको मुनी बस्ने मानिसहरुलाई हाल कुनै समस्या छैन ।

वैज्ञानिकका अनुसार कुनै ज्वालामुखी यत्तिको लामो समयसम्म शान्त बसेको यो लिखित रेकर्ड हो । यद्यपि, यूएसजीएसले ज्वालामुखीको मुनी बस्ने हवाइयन जनतालाई सतर्क रहन चेतावनी दिएको छ । धुँवा, खरानी वा विषालु ग्यास जुनसुकै बेला पनि आउन सक्छ, त्यसैले सतर्क हुनुपर्छ ।मौउना लोआ १३,६७९ फिट अग्लो पहाड हो । यहाँ ज्वालामुखीको एउटा पूरा चेन हो । मौउना लोआ अन्तिम पटक सन् १९८४ को मार्च र अप्रिल महिनामा फुटेको थियो । त्यतिबेला यसको लाभा बगेर ८.०५ किलोमिटर टाढा हिलो शहरसम्म पुगेको थियो ।

हवाई इमरजेन्सी म्यानेजमेन्ट अथोरिटीले उनीहरुले दुईवटा सेल्टर खोलिदिएको बताए । यदि आपतकालीन अवस्था आयो भने ज्वालामुखीको मुनी बसिरहेका मानिसलाई सुरक्षित तरिकाले यहाँ पुर्याइने जानकारी दिइएको छ । लाभा बाहिर निस्किएर बग्ने कुनै आशंका हालका लागि छैन । त्यसैले इलाका खाली गर्ने आदेश दिइएको छैन ।मौउना लोआको इतिहासमा एउटा कुरा निकै रोचक रहेको छ । यसको आधाभन्दा बढी बिस्फोट यसको माथिल्लो हिस्सामा नै समाप्त हुन्छ । मुनीतिर बस्ने कसैलाई पनि केही खासै समस्या हुँदैन । फोटोमा देखिएको ज्वालामुखी सबैभन्दा माथिल्लो हिस्सा हो जसमा क्रेटरमा बरफ जमेको छ । यो तस्बिर पुरानो हो ।

मौउना लोआ ज्वालामुखीको बिस्फोट अन्तरिक्षबाट पनि देखिएको छ । नेशनल ओशियानोग्राफिक एन्ड एटमस्फियरिक एडमिनिस्ट्रेशनको सेटलाइटले यो बिस्फोटको तस्बिर खिचेको छ ।होनोलुलूको नेशनल वेदर सर्भिसले पनि ज्वालामुखी बिस्फोट र लाभाको बहावको तस्बिर जारी गरेको छ । जसमा आगोले भरिएको एउटा ठूलो क्रेटर देखिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *