मौसम अझै तीन दिन स्थिर रहन्छ, सावधानी अपनाउँनुस– जल तथा मौसम विभाग

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १७, २०७७      0

काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिन सम्म वायुमण्डल स्थिर अवस्थामा रहने भएकाले मौसममा कुनै सुधार नहुने जनाएको छ । त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि अहिले लागिरहेको तुवालो हट्छ हट्दैन भन्ने बिषय डढेलोको अवस्थामा निर्भर रहने पनि विभागले स्पष्ट पारेको छ ।
साथै तुवालोका कारण आँखा पोल्ने, स्वास्वप्रश्वास लगायतका स्वास्थ्य समस्या देखिन सक्ने भएकाले घर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाउने र आवश्यक स्वास्थ्य सावधानी अपाउन विभागले आग्रह गरेको छ ।

यस वर्ष पोष्ट मनसुनको सिजनमा अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा भएको, गएको हिउँदमा पनि सरदर भन्दा कम वर्षा भएको, ततपश्चात यस मनसुनपूर्व आजको दिन सम्म ज्यादै न्यून वर्षा भइ वायुमण्डल सुख्खा भइरहेको अवस्थामा जलवायु पारुपहरुले मार्च, अप्रिल र मे महिनाहरुमा नेपालमा औसत तापक्रम सरदर भन्दा बढि हुन सक्ने संभावना ६० देखि ८० प्रतिशत रहेको विभागले जानकारी दिएको छ ।

त्यस्तै औसत भन्दा कम वर्षा हुने संभावना ४० देखि ६० प्रतिशत आकंलनका आधारमा विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो लाग्ने जस्ता समस्याहरु हुन सक्ने यस अघि नै सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराइसकेको विभागले स्पष्ट पारेको छ ।

पूर्वानुमान अनुसार नै यस मनसुनपूर्व को आजको दिन सम्म पनि ज्यादै न्यून वर्षा भइ वायुमण्डल सुख्खा भइरहेको अवस्थामा तुवालो लाग्नु सामान्य भएपनि गएको १३ गते देखि देशका धेरै स्थानमा असामान्य तुवालो लागेको विभागको भनाइ छ ।
हाल नेपालको धेरै स्थानहरुमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेको कारणले प्रदुषणका कणहरु छरिन नपाएर वायुमण्डलको तल्लो तहमा तैरिन गएको विभागले जानकारी दिएको छ । देशका विभिन्न स्थानमा लागेको डढेलोबाट सिर्जित धुवाका कणहरु वायुमण्डलमा संचित हुन गइ असामान्य तुवालोको अवस्था आएको विभागको भनाइ छ ।

राजधानी जस्तै शहरहरुमा जहाँ पहिल्लै देखि प्रदुषणको स्तर सामान्य भन्दा अधिक थियो ती स्थानहरुमा तुवालोको मात्रा अत्यधिक रहेको पनि विभागले अवगत गराएको छ । बाक्लो तुवालोका कारण प्रारदर्शिता घटन गइ जनजिवन असामान्य रहेको पनि विभागको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *