पाँचथरको फालेलुङमा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम शुरु

 ग्लोबल टिभि      बुधबार, फाल्गुन २५, २०७८      0

पाँचथर फाल्गुन २५

पाँचथरको फालेलुङ गाउपालिकामा आनिपान भाषा शिक्षकहरुका लागि ३ दिने तालिम मंगलबार देखि सुरु भएको छ ।

फालेलुङ गाउपालिकाको केन्द्र थोक्लिम्वामा सुरु भएको तालिममा फालेलुङका विभिन्न विद्यालयहरुमा कार्यरत २० जना भन्दा वढि आनिपान भाषा शिक्षकहरुको सहभागिता रहेको जनाइएको छ ।

तालिमको सहजिकरण लिम्वु भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दिलेन्द्र कुरुम्वाङले गरिरहेका छन् । फालेलुङ गाउपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ गाउकार्य समिति फालेलुङको आयोजनामा तालिम शुरु भएको हो ।

तालिमको उद्घाटनमा प्रमुख अतिथि  फालेलुङ गाउपालिका अध्यक्ष सन्च कुमार केरुङ सहित  उपाध्यक्ष हिमा अधिकारि फालेलुङ गाउपालिको प्रमुख प्रसाशकिय अधिकृत विनोद कुमार चौहान र फालेलुङ ३ का वडा अध्यक्ष विर वित्रम थाम्सुहाङको सहभागिता रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *