कर्जाको ब्याजदर १२ प्रतिशत नाघ्यो

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक ४, २०७९      0

कात्तिक ४ –कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको छ । २०७८ भदौमा कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर करिब साढे ३ प्रतिशत बिन्दुले बढेको हो ।

२०७५ असारमा १२.४७ प्रतिशतसम्म पुगेको कर्जाको भारित औसत ब्याजदर कोभिड–१९ अगाडि फागुन २०७६ मा ११.८० प्रतिशतमा झरेको थियो ।

कोभिडसँगै कर्जाको माग घटेर बैंकहरुको अधिक तरलता हुँदा २०७८ असार मसान्तमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतसम्म झरेको थियो । तर, गत आर्थिक वर्षको दोस्रो त्रैमासबाट बैंकिङ प्रणालीमा अभावसँगै बढ्दै गएको ब्याजदरले पुनः १२ प्रतिशत भन्दा माथि पुगेको छ ।

यस्तै बैंकहरुको औसत आधार ब्याजदर (बेसरेट) नै दोहोरो अंकमा पुगेको छ । भदौमा वाणिज्य बैंकहरुको औसत बेसरेट १०.०१ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ भदौमा औसत आधार ब्याजदर ६.८९ प्रतिशत रहेको थियो ।

२०७९ भदौमा निक्षेपको भारित औसत ब्याजदर ७.८१ प्रतिशत पुगेको छ । २०७८ भदौमा यस्तो ब्याजदर ४.९२ प्रतिशत रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *