बेलायतमा ‘ओमिक्रोन’ को संक्रमण सुरु भएपछिकै बढी मृत्यु

 ग्लोबल टिभि      बिहिबार, पुस २९, २०७८      0

पुस २९
बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण सुरु भएपछिकै बढी मृत्यु भएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि एक लाख ५१ हजार नाघेको छ । केहि दिनयता संक्रमण दर घट्दै गएको र मृत्यु दरमा वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गतसाताको तुलनामा ३३ दशमलव ४ प्रतिशतले कमी हो । अघिल्लो साता बुधबार करिब एक लाख ९५ हजार संक्रमित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *