फिल्म ‘हरि हर वीरमल्लु’ को हिन्दी टिजर सार्वजनिक

 ग्लोबल टिभि      बिहिबार, बैशाख २०, २०८१      0

बैशाख २० –  दक्षिण भारतीय फिल्म ‘हरि हर वीरमल्लु’ को हिन्दी टिजर सार्वजनिक भएको छ।  बिहीबार टिप्स अफिसियल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा पवन कल्याण ‘एक्लो योद्धा’ को रूपमा देखाइएको छ भने बबी देओल दिल्लीको सुल्तानको भूमिकामा देखिएका छन्।

यो पवन कल्याणको करियरकै पहिलो पिरियड एक्सन एडभेन्चर फिल्म हो। फिल्ममा १७ औं शताब्दीको कहानी देखाइएको छ। यस फिल्मको लागि चारमीनार, लाल किला र मछलीपट्टनम बंदरगाहमा ठूलो सेट तयार पारिएको थियो।

कृष जगरलामुडी निर्देशित फिल्ममा पवन कल्याण र बबी देओलसँगै निधि अग्रवाल, सुनील, नोरा फतेहीलगायत कलाकारको अभिनय छ। यो फिल्म सन् २०२४ को अन्तिममा रिलिज हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *