एमाले कार्यदलको बैठक भोलि बिहान ११:३० बजे

 ग्लोबल टिभि      बिहिबार, असार २४, २०७८      0

काठमाडौँ : नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय कार्यदलको बैठक शुक्रबार बिहान बस्नेगरी स्थगन भएको छ ।

सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शुक्रवार बेलुकी ८ः१५ बजे बसेको बैठक थप गृहकार्य गर्ने भन्दै शुक्रवारसम्मका लागि स्थगन भएको हो । बैठक शुक्रवार बिहान ११ः३० बजे बस्ने तय भएको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहेका नेतासुवासचन्द्र नेम्वाङले बिहीवारको बैठकले सहमतिको खाका टुङ्गो लगाउने तयारी गरे पनि गृहकार्य नपुगेको जानकारी दिए ।

‘कार्यदल स्तरमा सहमति बनेपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर टुङ्गो लगाउने हाम्रो तयारी छ’, उनले भने ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *