ग्लोबल टिभि
0
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो । उक्त समूहले ९० बढी सांसद सहभागी रहेको दाबी गरेको छ । प्रतिनिधि सभामा नेकपा सांसदको संख्या १ सय ७४ जना छन् । यसअघि नेकपाको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली थिए। उनलाई प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकले मंगलबार अध्यक्षबाट हटाएको थियो।
Post Views: 1,716
Leave a Reply