जुगल गाउँपालिकाको काँग्रेस सभापतिमा सगुन श्रेष्ठ निर्वाचित

 ग्लोबल टिभि      सोमवार, मंसिर ६, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेस जुगल गाउँपालिकाको सभापतिमा सगुन श्रेष्ठ निर्वाचित भएका छन् ।

पार्टीको आसन्न १४ महाधिवेशनअन्तर्गत गाउँपालिकाको अधिवेशनबाट श्रेष्ठ निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा राजेन्द्र लामा दोर्जे र साङ्बो शेर्पा चयन भएका छन् ।

बखतबहादुर अधिकारीको सभापतित्वमा काँग्रेसका महाधिवेशन प्रतिनिधि आकाश लामाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

सचिवमा गौरव श्रेष्ठ, सुवास तामाङ सहसचिव रविन्द्र पौडेल नेमा छिरिङसहित ४२ सदस्य निर्वाचित भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *