विमतिलाई विधिबाट टुङ्ग्याउनुपर्छ -प्रधानमन्त्री देउवा

 ग्लोबल टिभि      शुक्रबार, मंसिर १०, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने वताएका छन् ।
नेकपा एमालेको अधिवेशनलाई सम्वोधन गर्दैप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको प्रस्ट पारे ।
‘हामीबीच मत भिन्नता छन्, त्यसैले अलग अलग दलमा आबद्ध छौँ,’ उनले भने, ‘तर लोकतान्त्रिक मूल्यलाई जीवनपद्धति बनाउने, देश र जनताको हितलाई रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ ।’ मूल मुद्दामा समान धारणा बनाउन निरन्तर संवाद र सहकार्य आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले प्रस्ट पारे ।

उनले भने, ‘हामी हरेक समस्याको समाधान संविधानमार्फत निकाल्न चाहन्छौँ ।’ देश र जनतालाई केन्द्रमा राखेर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् बाहिर रहेका दलहरूसँग साझा धारणा बनाउँदै अघि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *