उत्साह, एकता र रुपान्तरणका लागि महा-मन्त्रीमा मेरो उम्मेदवारी- डा.प्रकाश शरण महत

 ग्लोबल टिभि      मङ्लबार, मंसिर २१, २०७८      0

नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनमा महा-मन्त्री पदमा उम्मेदवारी घोषणा गरेकाछन् ।

महतले पार्टीलाई चलायमान बनाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताउँर्दै उत्साह एकता र रुपान्तरणका लागि महामन्त्रीमा आफ्नोे उम्मेदवारी रहेको वताएका छन् ।

२०३६ सालमा विद्र्यार्थी जीवनबाट राजनितिको यात्रा सुरुगरेका महतले आगामी निर्वाचनमा महामन्त्रीको उम्मेद्वारी संगै लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, मानव अधिकार, प्रेस स्वतन्त्रता र युवा रोजगारीका मुद्दालाई आफूले संविधानसभामा विशेष जोड दिएर उठाउने उनले बताएकाछन् ।
नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरूस्त बनाउँदै २१ औं शताब्दीको पार्टीमा रूपान्तरित गरी २१ औं शताब्दीका युवा उमेर र सोचलाई नेतृत्व गराउन सक्ने पार्टीमा रूपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकोले आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाएका छन् ।
लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने पनि दाबी गरेका छन् ।

महतले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशिल र भावनात्मक रुपमा एकतावद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिवद्धता गरेका छन् ।

लोकतन्त्रमाथिको चुनौति र खतरालाई सामना गर्नसक्ने, भ्रष्टाचार र पक्षपातको विरुद्ध सशक्त हुने तथा मुलुकमा कानूनी शासन र सुशासन प्रदान गर्दै राजनीतिक स्थायित्व प्रदान गर्न सक्षम पार्टीको रुपमा कांग्रेसलाई आम युवापुस्ता र नेपाली समाजको प्रतिनिधि शक्तिका रुपमा सबल बनाउने योजना उनमा छ ।
नेपाली काँग्रेसका प्रभावशाली नेताका रुपमा चिनिने सहमहामन्त्री समेत रहेका डा.प्रकाशशरण महत पटक पटक कांग्रेसको विभिन्न जिम्मेवारी सम्हालिसक्नु भएको छ ।
काठमाडौं ५ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत भएका महतको जन्म २०१६ सालमा नुवाकोटमा भएको हो ।
डा. महतले नेविसंघको महामन्त्री, सात पार्टीको वार्ता कमिटी सदस्य, परराष्ट्र राज्यमन्त्री, उर्जा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनको राजनीतिक यात्रा २०३६ सालदेखि सुरु भएको हो । विद्यार्थी जीवनदेखि राजनीति सुरु गरेका महत राजनीतिक गर्ने क्रममा पटक पटक पक्राउ परे ।
डा. महतले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका हुन् । दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद भएका महत संविधान लेखनका समयमा संवैधानिक मस्यौदा समितिका सदस्यका रुपमा क्रियाशील रहेर काम गरेका हुन् ।

रुपान्तरित संसदमा उनी कृषि तथा जल स्रोत समितिका सदस्य थिए ।महत सात महिनाका लागि राष्ट्रिय योजना आयोगको सदस्य समेत भएका थिए ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *