दाहाल र नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने योजनामा लागे : शंकर पोखरेल

 ग्लोबल टिभि      सोमवार, मंसिर २७, २०७८      0

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने योजनामा लागेको बताएका छन्।

ललितपुरमा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न लागिपरेको बताएका हुन्।

उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोप लगाए । महासचिव पोखरेलले एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको दाबी गरे । पार्टीले अघि सारेको एजेण्डा र लक्ष्यका कारण बहुमत जनताको समर्थन प्राप्त गर्न सम्भव रहेको उनको भनाइ छ ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *