दोस्रो चरणको मतदान साढे ३ बजेबाट

 ग्लोबल टिभि      मङ्लबार, मंसिर २८, २०७८      0

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आज साढे ३ बजेदेखि सुरु हुने भएको छ ।

सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो।
नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो ।

पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखर कोइराला बीच भिडन्त हुनेछ । यसअघि सभापतिमा रहेका प्रकाशमान सिंह,विमलेन्द्र निधिले र कल्याण गुरुङ बाहिरिएका छन् ।
पहिलो चरणको चुनावमा शेरबहादुर देउवाले २२५८ मत कोइरालाले १७२९ मत सिंहले ३७१ मत विमलेन्द्र निधिले २४९ मत ल्याएका छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *