प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने

 ग्लोबल टिभि      शुक्रबार, पुस २३, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।

त्यस्तै, बैठकले संसदलाई सुचारू गराउन पहल गर्ने निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।मितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो र त्यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न जानेबारे पनि छलफल भएको छ ।

यसअघि पनि प्रधानमन्त्री देउवाकै आग्रहमा नेता पौडेलले ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *