एमसीसीको व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो मात्रै : झलनाथ खनाल

 ग्लोबल टिभि      बुधबार, फाल्गुन १८, २०७८      0

फागुन १८
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए ।

‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’

उनले विधि प्रक्रिया विपरीत एमसीसी पास गरेको गुनासो गरे । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै उनले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने बताए ।

एमसीसीका कारण पार्टी भित्र पनि विरोध भएको उनले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *