ईश्वर पोखरेलको घोषणा स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने

 ग्लोबल टिभि      बिहिबार, चैत्र १०, २०७८      0

चैत १०- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय पार्टी कमिटीले आवश्यक ठानेमा निर्वाचनमा सिटहरु एरेजमेन्ट हुन सक्ने सम्भावना पनि औंल्याए । उनले एमालेलाई निर्वाचनमा अरुको बैशाखीको जरुरी नभएको पनि पटकपटक दोहो¥याए । सत्तारुढ गठबन्धनप्रति संकेत गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो खुट्टामाथि भरोसा नहुनेहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने तर्क समेत गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय कमिटी बैठक स्थानीय तह निर्वाचनमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै सोही अनुसार सिंगो पार्टीपंक्तिलाई परिचालित गरेर अघि बढने बताउए । परमादेशबाट निर्मित शक्तिसँग आफूहरुको निर्वाचनमा लडाईँ हुने भन्दै उनले उनीहरुलाई पराजित गरेर अघि बढने गरी तत्काल योजना बनाउने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *