माधव नेपालको गृहनगरमा गठबन्धन नहुने

 ग्लोबल टिभि      शुक्रबार, बैशाख ९, २०७९      0

बैशाख ९-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर चन्द्रपुरमा पाँच दलीय गठबन्धनको सम्भावना टरेको छ । नेकपा एसले रौतहटको सबैभन्दा महत्वपुर्ण नगरपालिका चन्द्रपुरमा बाबुराम दाहाललाई मेयर तथा रामरती चौधरीलाई उपमेयर सिफारिस गरेको छ भने काँग्रेसले यसअघि सिफारिस गरेका सात जनाको नामावलीका बारेमा आज टुंगो लगाउँदैछ ।

‘कांग्रेस चन्द्रपुर नगर समितिले गठबन्धन नगर्ने भनेर यसअघि नै निर्णय गरिसकेको छ, सो निर्णयका बारेमा आज जिल्ला समिति बैठकमा आवश्यक निर्णय हुनेछ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले भने । उनका अनुसार गिरीसहित सपु्तबहादुर कार्की, अनन्त कोइराला, रमेशहरि अधिकारी, रामचन्द्र चौधरी लगायतलाई मेयरका लागि सिफारिस गरिसकेको छ ।

नेकपा एसले पनि गत बुधबारको बैठकबाट दाहाल र चौधरीलाई मेयर र उपमेयर सिफारिस गरे पनि माओवादी केन्द्रले भने अझै नाम सिफारिस गरिसकेको छैन ।

‘जिल्ला तहमा तीन पटकसम्म गठबन्धन बैठक बसेको भए पनि चन्द्रपुरका लागि एकपटक पनि बैठक बस्न सकेको छैन,’ माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने, ‘कमजोर दलहरुले मेयर र उप मेयरको नाम सिफारिस गरिसकेका छन् । हामी पनि बेलुकासम्म माओवादीका मेयर र उप मेयरको नाम सिफारिस गरिसक्नेछौ ।’ उनका अनुसार गठबन्धनको बैठक बसाउन खोजे पनि अझैसम्म कुनै प्रयास सफल भएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *