निर्वाचनकालागि भारतसँगको सीमानाका चार दिनसम्म बन्द गरिदै

 ग्लोबल टिभि      सोमवार, कार्तिक २८, २०७९      0

कात्तिक २८ –जिल्ला प्रशासन कार्यालय मोरङले १ मंसिरदेखि चारदिन सीमानाका बन्द रहने जनाएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले चार दिन सीमानाका बन्द रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

उनका अनुसार १ मंसिर बिहीबार बिहानदेखि ४ मंसिर ४ आइतबार राति ११ बजेसम्म सीमानाका बन्द गर्ने निर्णय भएको छ । निर्णय विरूद्ध गतिविधि गरे कारबाही गर्ने दाहालले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *