भक्तपुर २ को रोचक चुनाबः महेस बस्नेत विरुद्ध दुर्लभ थापा, कसको पल्ला भारी

 ग्लोबल टिभि      बुधबार, कार्तिक ३०, २०७९      0

कैलाश/संजय –भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा आसन्न आम निर्वाचनका लागी २६ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर नेकपा एमालेका महेश बस्नेत र सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाबिच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । चुनाब आउन केहि दिन मात्र बाकी रहेका बेला थापा र बस्नेतसहित अन्य उम्मेदवारहरु समेत मतदाताको घरदैलोमै पुगेर भोट मागिरहेका छन् ।

बुधबार, चुनाबी माहोल र मतदाताका कुरा सुन्न भक्तपुरको क्षेत्र नं. २ मा पुग्दा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत मतदाताको घरदैलोमा भेटिए । निर्वाचन आयोगले खुला प्रचारका लागी तोकेको निर्धारित समय बिहिबार सकिदै छ । त्यसको एक दिन अघि बस्नेत सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापाको गाउमा पुगेर मतदातासंग भोट मागिरहेका थिए । समानुपातीक र प्रदेससभाका उम्मेदवारलाई साथमा लिएर भोट माग्दै हिडेका बस्नेतले मतदाताले देखाएको उत्साहले आफु चुनाब जित्नेमा ढुक्क रहेको दाबी गरे ।

एमाले उम्मेदवार बस्नेत दलबल सहित बिपक्षी उम्मेदवार थापाको गाउमै पुगेर मतदाता फकाईरहेका बेला कांग्रेस उम्मेदवार थापा भने, सिपाडोलमा सत्ता गठबन्धनको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्दै थिए । कांग्रेस नेता डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा थापाले एमाले उम्मेदवार बस्नेत माथी आक्रोस पोखे ।

चुनाब आउन, अब केहि दिन मात्र बाकि छ । चुनाबी नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुटेका थापा र बस्नेत आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । २०७४ सालको चुनाबमा यो क्षेत्रमा बस्नतेले जितेका थिए । ५ वर्ष अघिको त्यो चुनाबमा कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतले पराजित गरेका बस्नेत यसपटक थापालाई हराएर दोस्रो कार्यकालका लागि सांसद छिर्ने दाउमा छन ।

यता थापा भने बस्नेतलाई पराजित गरेर पहिलोपटक सांसद बन्ने तयारीमा छन् । ५ वर्षे कार्यकालयमा बस्नेतले भक्तपुरको बिकासमा सिन्को पनि नभाचेको थापाको आरोप छ । भक्तपुरको विकासका लागी आफ्नो जित अपरिहार्य रहेको बताउदै थापाले आफ्नो पक्का जस्तै भएको दाबी गरे ।

भक्तपुर २ मा बस्नेत र थापा सहित २६ जना उम्मेदवार छन । तर २०७४ सालको चुनाब र गत बैसाखमा भएको स्थानिय तहको निर्वाचनको परिणामले बस्नेत र थापा बिचनै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । २०४८ साल यताका ६ वटा निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले ३ पटक, नेपाल मजदुर किसान पार्टीले २ पटक र नेकपा एमालेले १ पटक चुनाब जितेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *