बाँकेमा निर्वाचन तयारी पूरा, सुरक्षाको बाक्लो उपस्थिति

 ग्लोबल टिभि      शनिबार, मंसिर ३, २०७९      0

मंसिर ३ –निर्वाचनको केही घण्टा मात्र बाँकी रहंदा बाँकेमा निर्वाचनको तयारी तिब्र गतिमा अगाडी बढेको छ । निर्वाचनलाई लक्षित गरेर मतदान केन्द्र, मतदान केन्द्रमा खटिएका कर्मचारी र आम मतदातको सुक्षाका लागि सुरक्षाकर्मी परिचालन समेत गरिएको छ ।

बाँकेका तिनवटै निर्वाचन क्षेत्रमा मतदान केन्द्र निर्माणको तयारी तिब्र गतिमा अगाडी बढेको छ । बाँकेमा तोकिएका ३ सय ८० मतदान केन्द्र र १ सय ३८ मतदान स्थलको निर्माण कार्यलाई अन्तिम रुप लागिएको हो । निर्वाचनलाई मध्यनजर गर्दै बाँके प्रशासनले मतदान केन्द्र र मतदान स्थलमा तिन हजार बढी सुरक्षाकर्मी खटाईसकेको छ । ३ सय ८० मतदान केन्द्र र १ सय ३८ मतदान स्थलमा निर्वाचन सम्पन्न गर्नका लागि स्वयं सेवक बाहेक ३ हजार २ सय कर्मचारी समेत खटाई सकेको मूख्य निर्वाच अधिकृतको कार्यालयले जनाएको हो । निर्वाचन कार्य सम्पन्न गर्नको लागि मतदान केन्द्रहरुमा मतदान अधिकृतहरु गैसकेको भन्दै भोली मंसिर ३ गते मतदान केन्द्र निर्माणको अन्तिम रुप दिने र सर्वदलिय बैठक बोलाएर शान्तिपूण ढंगले निर्वाचन सम्पन्न गर्ने बिषयमा छलपल गर्ने योजना रहेको मूख्य निर्वाचन अधिकृत धनसिंह महराले बताए । उनले निर्वाचन आयोगको तालिका अनुसार तयारी अगाडी बढेको बताए ।

मतदान केन्द्र र मतदान स्थलमा खटिएका कर्मचारीले बुथ निर्माण गर्ने कार्य भैरहेकाले मतदानको अन्तिम तयारी भैरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले बाँके जिल्लामा तिन निर्वाचन क्षेत्र रहेकाले १ नं को अगैया, २ नं नेपालगन्ज र ३ नं को खजुराको कपास बिकासमा रहेको केन्द्रमा मतगणना गर्ने गरि ब्यबस्थापन भैरेको बताए । निर्वाचनलाई मध्यनजर गर्दै बाँके जिल्लामा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गस्ती गरिरहेको भन्दै नेपालसंग जोडिएको भारतीय सिमानाका गएराती १२ बजे देखि ७२ घण्टाका लागि बन्द गर्ने दुईपक्षिय सहमती अनुसार बन्द गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

नेपाल भारत खुला सिमाना भएकाले निर्वाचन सम्पन्न नहुदा सम्म भारत सरकारबाट सहयोग भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यमकृष्ण अधिकारीले बताए । उनले शिमा क्षेत्रबाट अवाञ्छित गतिबिधि कुनैपनि नभएको भन्दै मतदान केन्द्रमा कुनैपनि अवाञ्छित गतिबिधि भएको खण्डमा ५ मिनेट भित्रै प्रहरी पुग्ने गरि ब्यबस्था मिलाईएको बताए ।

बाँकेमा रहेका मतदान केन्द्र मध्ये अति संबेदनशिल १ सय २४ र संबेदनशिल १४ मतदान केन्द्र रहेका छन् । बाँके जिल्लाको ६५ किलोमिटर भूभाग भारतीय सिमासंग जोडिएकाले पनि निर्वाचनलाई मध्यनजरगर्दैे मौन अवधि शुरु भएसंगै सुरक्षाको ब्यबस्था मजबुत बनाईएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *