समानुपातिक सांसदको सूची सार्वजनिक गरिँदै, अपराह्नसम्म उम्मेदवारको नाम सच्याउने अन्तिम समयसीमा

 ग्लोबल टिभि      सोमवार, मंसिर २६, २०७९      0

मंसिर २६ –समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूबाट निर्वाचित हुने सांसदहरूको नाम निर्वाचन आयोगले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी आयोगले आज निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको हो ।प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए । त्यस्तै आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरूलाई त्रुटि सच्याएर पुनः विवरण पठाउन आज दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । यस्तै आयोगले आजदेखि निर्वाचन आचारसंहिता निष्क्रिय भएको जनाएको छ । आयोगले गएको असोज १२ गतेदेखि लागु गरिएको आचारसंहिता आजदेखि निष्क्रिय भएको जानकारी दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा यसबारे जानकारी गराएको बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *