नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ १३, २०७९      0

जेठ १३-नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका-२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा आज दिउँसो आगलागी भएको हो ।

बिग्रिएर मर्मतका लागि रोकी राखेको बुलेटमा वाइरिङ सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । बुलेटको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ ।

स्थानीयवासी, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

आगलागीबाट बुलेटमा पूर्णरुपमा क्षति पुगेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बुलेटमा ग्यास भए पनि आगोले टिप्न नपाएको र सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *