गुल्मीमा जेसिबी दुर्घटना, चालकको मृत्यु

 ग्लोबल टिभि      शुक्रबार, जेष्ठ २७, २०७९      0

जेठ २७-गुल्मीमा जेसिबी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–२ , रातापानीस्थित लु १ क ४७७१ नम्बरको जेसिबी दुर्घटना हुँदा अन्दाजी ३२ वर्षीय चालक यज्ञबहादुर वलीको घटना स्थलमै मृत्यु भएको हो ।

गएराती ११ बजे सोही पालिका–३ को घुर्मीबाट लुम्छातर्फ आउँदै गरेको जेसिबी दुर्घटना भएको बनाइएपनि दुर्घटनाको कारण खुलाइएको छैन । चालक वलीको घर दाङको शान्तिनगर गाउँपालिका–१ तिलकपुर भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको दाङका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *