माधव नेपाल,उपेन्द्र यादव र शेरबहादुर देउवाबीच देउवा निवास धुम्बाराहीमा भेटवार्ता

 ग्लोबल टिभि      बुधबार, माघ ४, २०७९      0

माघ ४– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल,जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरुको भेट देउवा निवास धुम्बाराहीमा भएको हो । उनीहरुबीच सभामुखको निर्वाचन र आउँदो राजनीतिक समिकरणको विषयमा छलफल भएको बुझिएको छ । सभामुख निर्वाचनको पूर्वसन्ध्यामा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्ता गठबन्धनमा जसपालाई सम्मानजनक भाग नदिइएपछि उपेन्द्र यादवले सरकारमा सहभागिता जनाएका छैनन् । उनले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक समेत बहिस्कार गरेका थिए ।

कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ । राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो ।

माधव नेपाल र उपेन्द्रसँगको छलफलपछि कांग्रेस पदाधिकारी बैठक जारी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *