युरोपा लिगमा युनाईटेड र बार्सिलोनाबीचको खेल बराबरीमा

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन ५, २०७९      0

फागुन ६ –  युरोपा लिगमा ईग्लीस क्लब म्यानचेस्टर युनाईटेड   र स्पेनीस क्लब बार्सिलोनाबीचको खेल बराबरीमा सकिएको छ।गएराती  नकआउट चरणको प्ले अफको पहिलो लेगमा   दुवै टोलीबाट दुई दुई गोल भई बराबरीमा खेल  सकिएको हो। रोमान्चक खेलमा सुरुआती अग्रता बार्सिलोनाले बनाएको थियो।

्खेलको ५० औं मिनेटमा मार्कस अलन्सोले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए।तर, मार्कुस राषफोर्डले ५२ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई एक एब गोलको बराबरीमा ल्याए।खेलको ५९ औं मिनेटमा बार्सिलोनाका जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि युनाईटेड २-१ ले अघि रह्यो।तर, खेलको ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई २-२ को बराबरीमा ल्याउदै हारबाट जोगाए।

दोस्रो लेग फेब्रुअरी २४ मा हुनेछ। खेल युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *