संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने गठबन्धनको निर्णय

 ग्लोबल टिभि      आइतवार, फाल्गुन २१, २०७९      0

फागुन २१– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक सकिएको छ ।

पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधविरुद्ध बैठकमा ध्यानाकर्षण भएको नेपाली कांग्रेकास प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय भएको लेखकले जानकारी दिएका छन् । उनले दुर्गा प्रसाईंले गरेका गतिविधितर्फ संकेत गर्दै यस्तो बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै संसदमा लगिने लेखकले बताए । पीडित परिवारलाई ध्यान दिए र कानून पनि बनाउने र आयोगहरु पनि बनाउन अघि बढ्ने बैठकको निर्णय भएको उनले बताए ।

उनले सत्ता बाँडफाँटको विषय राष्ट्रपतिको निर्वाचनपछि छलफल हुने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *