अमेरिकाः सिख परेडका बेला गोली चल्यो

 ग्लोबल टिभि      सोमवार, चैत्र १३, २०७९      0

चैत्र १३– अमेरिकाको क्यालिफोर्निया प्रान्तको राजधानी सेकरामेन्टोमा आइतबार अपराह्न एक गुरुद्वारेमा दुई सिखमाथि गोली प्रहार गरिएको घटना सार्वजनिक भएको छ । दुवै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय प्रशासनले यो हिंसाको घटना नभएको र दुई जना परिचित व्यक्तिबीच गोली हानाहान भएको बताएको छ ।

ब्राडश सिख समाजले पहिलो पटक सिख परेड निकाल्दै गर्दा यो हमला भएको हो ।

सिख सोसाइटीले भनेको छ, ‘परेड शान्तिपूर्ण तरिकाले निकालिँदै थियो । यो दुर्भाग्य हो कि केही मानिसहरुले एक धार्मिक आयोजनामा खलल पुर्‍याउने कोसिस गरे । दोषीले सजाय पाउनेछन् भन्ने आशा गर्छौँ । हमला गर्नेहरू परेडको हिस्सा थिएनन् ।’

प्रहरीले सन्दिग्धको खोजी गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *