बराबरीसँगै नेपाल फाइनलमा, लाओससँग खेल्ने

 ग्लोबल टिभि      मङ्लबार, चैत्र १४, २०७९      0

चैत्र १४– काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो अपराजित रेकर्डलाई कायम राखेको छ ।

खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काए ।

खेल बराबरीमा सकिएसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब फाइनलमा लाओसको सामना गर्नेछ । फाइनल खेल चैत १७ गते हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *