दाङमा सशस्त्र प्रहरी हवल्दारले आफैँलाई हाने गोली

 ग्लोबल टिभि      सोमवार, बैशाख ४, २०८०      0

वैशाख ४ –  तुलसीपुरका सशस्त्र प्रहरीका सहायक हवल्दारको गोली लागेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका– ८ टिकरीका ३५ वर्षीय वसन्त केसीले आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हानेका हुन्। घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा करिब पाँच दिन पहिले मात्रै कपिलवस्तुबाट आएका थिए । केसी ४८ नम्बर रिजर्व गुल्म कपिलवस्तुमा कार्यरत थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *