ज्येष्ठ र अपाङ्गता भएका पत्रकारहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ : प्रधानमन्त्री

 ग्लोबल टिभि      आइतवार, बैशाख २४, २०८०      0

वैशाख २४ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आइतबार प्रधानमन्त्री दाहालले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको स्पष्ट पारेका हुन् ।

उनले सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदै छ । यो प्रक्रिया अघि बढिसकेको छ । ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदै । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ ।’

उनले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *