राजस्व चुहावट नियन्त्रण गर्न सरकार कठोर बन्छ : अर्थमन्त्री

 ग्लोबल टिभि      मङ्लबार, बैशाख २६, २०८०      0

वैशाख २६ – अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रीत हुने बताएका छन्।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलाउन बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि नीति अबलम्वन गरिने बताए ।

उनले समयमा नै पुँजीगत खर्च र मौद्रीक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राखे। अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नका लागि पहिलो दिनदेखि महिना महिनामा अनुगमन गर्ने उनले बताए।

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गरे। उनले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताए ।

उनले करमा केहि घरनालाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिवद्धता जनाए। मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रीत हुनुपर्ने भन्दै उनले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गरे।

उनले अनावश्यक साधारण खर्च नगर्ने प्रतिवद्धता सहितको बजेट उन्मुख हुने पनि बताए। अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थीतिलाई मध्यनगर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताए । अहिलेको चूनौतिपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *