जोसका साथ आउँदै थिएँ, बैठक ढिला हुँदा नमिठो लाग्यो : प्रधानमन्त्री

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ४, २०८०      0

जेठ ४ –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रश्नोत्तर कार्यक्रम दुई घण्टा ढिलो सुरु हुँदा नमज्जा लागेको बताएका छन् । सांसदहरूले सोधेका प्रश्नको उत्तर दिन बिहीबार रोस्ट्रममा उभिएका उनले सुरुआतमै यस्तो बताएका हुन् ।

“बिहान प्रश्नोत्तरका लागि बढो जोसका साथ आउँदै थिए, तर दुई घण्टा ढिला भयो, नमिठो त अलिकति लागेको छ,” उनले भने, “प्रश्नोत्तरको सुरुकै दिन नियमावाली निलम्बन गर्नुपर्ने अवस्था आयो, नमिठो अनुभूति भयो । सर्वसम्मत भयौँ, यो खुसीको कुरा हो ।”

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिँदै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे मात्र सुरु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *