विराटनगरमा सुरक्षाकर्मीमाथि ढुंगामुढा, प्रहरीले बर्सायो पानीको फोहोरा

 ग्लोबल टिभि      आइतवार, जेष्ठ १४, २०८०      0

जेठ १४ –  प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त भएको छ।विराटनगरस्थित प्रदेशसभा अगाडि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडप भएको हो।प्रहरीले प्रदर्शनकारीमाथि पानीकाे फाेहाेरा प्रहार गरेकाे छ।

आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि कोसी प्रदेशको राजधानी विराटनगर तनावग्रस्त बनेको हो। प्रहरीले भीड नियन्त्रण गर्न दर्जनौं अश्रुग्यास प्रहार गरेको छ।

उनीहरू सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरिरहेका छन्। आन्दोलनकारीले हानेको ढुंगा लागेर केही प्रहरी घाइते भएका छन्।  घाइतेको संख्या एकिन भएको छैन। प्रदर्शनस्थल तनावग्रस्त बनेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

अहिले प्रदेशसभा नजिकै प्रदर्शन भइरहेको छ। बिहान प्रहरीले कोसी प्रदेशको राजधानी विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधरका ३१ जनालाई पक्राउ गरेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *