मेस्सीको करियरकै चाँडो गोल

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ ३२, २०८०      0

जेठ ३२– कप्तान लियोनेल मेस्सीले आफ्नो करियरकै सबैभन्दा चाँडो गोल गर्दा अर्जेन्टिनाले अस्ट्रेलियामाथि सहज जित हासिल गरेको छ । बिहीबार चीनको बेइजिङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना २–० गोलले विजयी भएको हो ।

विश्वकपको अन्तिम–१६ को रिप्ले खेलमा मेस्सीले १२० सेकेन्डभित्र नै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अस्ट्रेलियाको कमजोर डिफेन्सको फाइदा उठाउँदै दोस्रो हाफमा रोड्रिगो डि पाउलको पासमा जर्मन पेजेलाले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि पनि अर्जेन्टिनाले तेस्रो गोलको थुप्रै प्रयास गरे पनि सफल भने हुन सकेन । पछिल्ला ४७ खेलमा अर्जेन्टिना मात्र एक खेलमा पराजित भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *