शोक प्रस्ताव पारित गरेर रोकियो संसद् बैठक

 ग्लोबल टिभि      बुधबार, असार ६, २०८०      0

असार ६ –  प्रतिनिधिसभाको बिहान ११ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ । बैठक सुदूरपश्चिम प्रदेशका आतरिक मामिला तथा कानुनमन्त्री पृथ्बीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पािरत गरी स्थगित भएको हो ।

मंगलबार सडक दुर्घटनामा सिंहको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आजै आधाघण्टापछि बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए । प्रतिनिधिसभामा आजदेखि नयाँ अभ्यास सुरुआत भएको छ ।

कार्यव्यवस्था समितिको बैठकले प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधिसभाका बहालवाला सांसद सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने निर्णय गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *