टर्कीको समर्थनसँगै स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)मा सामेल हुने खुल्यो बाटो

 ग्लोबल टिभि      मङ्लबार, असार २६, २०८०      0

असार २६ –  स्वीडेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)मा सामेल हुने बाटो खुलेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले नेटो सदस्यताको लागि स्विडेनको प्रस्तावलाई ग्रान्ड नेशनल एसेम्बलीमा समर्थन गर्न र अगाडि बढाउन सहमत भएका छन् ।

नयाँ घटनाक्रमको जानकारी दिँदै नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले यसलाई ऐतिहासिक कदम भनेका छन् । स्वीडेनको प्रस्तावलाई टर्कीको संसदले अनुमोदन गर्नुपर्नेछ ।

वार्तापछि जारी विज्ञप्तिमा टर्की र स्वीडेनले आतंकवाद विरोधी समन्वयमा मिलेर काम गर्ने र द्विपक्षीय व्यापारिक सम्बन्धलाई प्रवद्र्धन गर्ने उल्लेख छ । टर्कीको कलमलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *