विदेशिने नर्सहरुको संख्या बढ्दै, केहि वर्षमा नर्सको अभाव हुने

 ग्लोबल टिभि      मङ्लबार, भदौ १९, २०८०      0

भदौ १९ – स्वास्थ्य सेवा प्रणालीमा दक्ष मानव संसाधन महत्वपूर्ण पाटोको रुपमा नर्सिङ शिक्षालाई लिइन्छ । अस्पतालमा विरामीका हेरचाहका लागि र उनीहरुको स्वास्थ्य सुधारका लागि दिनरात नभनी नर्सहरु खटिरहेका छन् । तर पछिल्ला केहि वर्ष यता आफ्नो कामको उचित मुल्यांकन नभएको भन्दै विदेशिने नर्सको संख्या भने बढ्दै गइरहेको छ ।

नेपालमा काम गर्ने वातावरण, राम्रो तलबभत्ता, पढ्नका लागि पर्याप्त वातावरण नहुने र बढी श्रम गर्नुपर्ने अवस्थाकै कारणले विदेश जाने नर्सको संख्या बढ्दै गइरहेको छ । विगत केही दशक यता नर्सिङ शिक्षाको आकर्षण बढ्दै गएको छ भने आन्तरिक तथा अन्तर्राष्ट्रिय माग पनि बढ्दै गएको पाइन्छ । तर बढ्दो मागसँगै नर्सिङ शिक्षा र पेसामा चुनौती थपिँदै गएको छ । विदेशमा आकर्षक तलबका कारण नेपाली नर्सहरुको विदेशिने क्रम बढिरहेको छ । वाहिरी देशहरुमा श्रमको उचित मुल्य पाइने आशामा वर्षेनि सयौँका संख्यामा उनीहरु विदेशिने गरेका छन् । पछिल्लो समय टेलिफोनबाट राजिनामा दिनेहरुको संख्या बढ्न थालेको सहायक नर्सिङ निर्देशक सपना शाहको भनाई छ । नर्सहरुले आफ्नो पेशाा प्रति लगाव राख्नुपर्ने पनि उनको भनाई छ ।

अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिन÷प्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घटदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । १० देखि १५ लाख खर्च गरेर अध्ययन गरे तापनि सात÷आठ हजारमा काम गर्नुपर्ने बाध्यता उनीहरुको छ । केहि राम्रो भविष्यका लागि विदेश जाने छन् त कोहि पढाई पुरा गर्नका लागि पनि जाने गरेको शाहको भनाई छ ।

२०५९ सालदेखि २०८० असार १ गतेसम्मको तथ्यांकअनुसार ३३ हजार ७६५ जनाले विदेश जाने भेरिफिकेसन लेटर बनाएका छन् । उनीहरुको मुख्य आकर्षणको केन्द्र भने अष्ट्रेलिया, क्यानाडा, नर्बे, डेनमार्क, युके ,न्युजिल्याण्डलगायत देशहरु रहेका छन् । यसरी नर्सहरु विदेशिने हो भने भावी दिनहरुमा नेपालमा नर्सहरुको अभाव हुने देखिएको छ । यसमा सम्बन्धित निकायको समेत ध्यान जान जरुरी छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *