धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी

 ग्लोबल टिभि      मङ्लबार, बैशाख ११, २०८१      0

वैशाख ११ – रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।

ट्रकमा आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ। धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले राससलाई जानकारी दिए। क्षतिको विवरण भने आइसकेको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *