कतिमा भइरहेको छ सुनचाँदीको कारोबार ?

 ग्लोबल टिभि      मङ्लबार, बैशाख ११, २०८१      0

बैशाख ११ –   स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ।

सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ। सोमबार प्रतितोला रु एक हजार सात सय पाँचमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० निर्धारण भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *